Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

संसद् बैठक बस्दै, प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने 

संसद् बैठक बस्दै, प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने 

images

सिआईएन

२२, श्रावण २०७९
संसद् बैठक बस्दै, प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने 
images

काठमाण्डौ । संसद्मा दर्ता भएको ५ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको  महाभियोगको प्रस्ताव आज संसदमा पेश हुने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोगको प्रस्तावबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

गत फागुन २९ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको नेतृत्वमा नेपाली काँग्रेस,  एकीकृत समाजवादी पार्टीलगायत दलका सांसदहरूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ सय ६१ को उपनियम (१) बमोजिम प्रधान न्यायाधीश जबराविरुद्ध महाभियोगप्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधि सभाको बैठकमा छलफल सकिएपछि महाअभियोग सिफारिस समितिमा पठाइने र समितिले तीन महिनाभित्रमा दिने प्रतिवेदनका आधारमा निर्णय हुने संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले सीआईएनसँग बताउनुभयो ।

जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्दा परामर्श नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै उक्त प्रस्ताव अघि बढाउन माग गर्दै आएको थियो ।

सीआईएनसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदबाट प्रस्ताव अघि बढेपछि कसरी प्रस्तुत हुने भन्ने बारेमा निर्णय लिइने बताउनुभयो । महाअभियोग प्रस्तावको बारेमा संसदले निर्णय लिने अवस्था आएमा दुई तिहाइ बहुमत आवश्यक हुन्छ । महाभियोग दर्ता भएपछि जबरा निलम्बनमा पर्नुभएको छ । 

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - ०९:१२:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology