बुन्डेसलिगा । बायर्न म्युनिखलेजर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा गयराति भएको खेलमा फ्रान्कफुर्टलाई ६–१ गोल अन्तरले हराउँदै बायर्नले सानदार सुरुवात गरेको हो ।
बायर्नलाई फराकिलो जित दिलाउन जमल मुसियालाले दुई गोल गर्नुभयो । जोसुवा किमिच, बेन्जामिन पाभार्ड, साडियो माने र सेर्जी जिनाब्रीले एक एक गोल गरे । फ्रान्कफुर्टका राण्डल कोलोले एक गोल फर्काउनुभयो ।
जितसँगै बायर्नले पहिलो खेलमै ३ अङ्क जोडेको छ भने फ्रान्कफुर्टले हारबाट सिजनको सुरुवात गरेको छ ।