भारत । भारतमा आज उपराष्ट्रपतिका लागि चुनाव हुँदैछ । वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडूको कार्यकाल १० अगस्टमा सकिँदैछ । उपराष्ट्रपतिका लागि एनडीएले पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखडलाई उम्मेदवार बनाएको छ भने विपक्षले काँग्रेस नेता मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ ।
उपराष्ट्रपति चुनावमा लोकसभा र राज्यसभाका ७ सय ८८ जना सांसदहरूले मतदान गर्नेछन् । उपराष्ट्रपतिमा जित्नका लागि ३ सय ९४ मत आवश्यक पर्नेछ ।