Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सूर्तिजन्य पदार्थ सेवनकर्ता बढ्दै, घटाउनका लागि प्रभावकारी कानुन बनाउन सुझाव 

सूर्तिजन्य पदार्थ सेवनकर्ता बढ्दै, घटाउनका लागि प्रभावकारी कानुन बनाउन सुझाव 

images

सिआईएन

२१, श्रावण २०७९
सूर्तिजन्य पदार्थ सेवनकर्ता बढ्दै, घटाउनका लागि प्रभावकारी कानुन बनाउन सुझाव 
images

सुशिला श्रेष्ठ, काठमाडौँ । नेपालमा सूर्तिजन्य पदार्थ सेवनका कारण प्रतिवर्ष ३७ हजार ५ सय २९ अर्थात् प्रतिघण्टा ४ जनाकोे मृत्यु हुने गरेको छ । जुन नेपालको जम्मा मृत्यु सङ्ख्याको १९ प्रतिशत हो ।

सूर्तिजन्य पदार्थ सेवनकै कारण दुई लाखभन्दा बढीमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । भक्तपुर क्यान्सर अस्पतालका अनुसार उपचारका क्रममा गत वर्ष मात्रै तीन हजार पाँच सय विरामीलाई क्यान्सर भएको देखिएको थियो । ती मध्ये १० प्रतिशत बढिलाई सुर्तिजन्य पदार्थ सेवनका कारण क्यान्सर भएको अस्पतालका डाक्टर राजाराम पौडेलले बताउनुभयो ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा प्रत्येक वर्ष सूर्तिजन्य पदार्थको सेवनले ३७ हजार ५ सय भन्दा बढि मानिसको मृत्यु हुने गरेको छ । तथ्याङ्कका अनुसार नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ताको सङ्ख्या पनि ४८ लाख नाघेको छ ।

सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्नका लागि बनाईएको कानुन पूर्ण रुपमा कार्यान्वय नहुँदा यसको प्रयोगकर्तामा आशातित कमी आउन नसकेको सांसद लक्ष्मी चौधरीले बताउनुभयो ।

यसको प्रतिवन्धका विषयमा बहस हुँदा राजश्वको विषय उठाउने गरिएको छ । तर,कुल सरकारी राजश्वमा सूर्तिजन्य वस्तुबाट उठ्ने अन्तः शुल्कको हिस्सा जम्मा २दशमलव १७ प्रतिशत रहेको तथ्याङ्कले देखाउछ ।

सूर्तिजन्य पदार्थ सेवनका कारण वार्षिक ३९ दशमलव २५ अर्बको क्षति हुने गरेको छ । सूर्तिजन्य पदार्थ सेवनलाई घटाउन कानुनको प्रभावकारी कार्यान्वयसहित विश्व स्वास्थ्य सङ्गठनको ७५ प्रतिशत करको मापदण्ड लागू गर्न विज्ञहरूले जोड दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०९:०५:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology