Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

आज प्रदेश १ र बागमती प्रदेशका विभिन्न भू भागमा मौसम बदली भइ पानी पर्ने 

आज प्रदेश १ र बागमती प्रदेशका विभिन्न भू भागमा मौसम बदली भइ पानी पर्ने 

images

इच्छाकामना न्युज

२१, श्रावण २०७९
आज प्रदेश १ र बागमती प्रदेशका विभिन्न भू भागमा मौसम बदली भइ पानी पर्ने 
images

चितवन । आज प्रदेश १ र बागमती प्रदेशका विभिन्न भू भागमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको हुँदा प्रदेश १ र बागमती प्रदेशका भू भागमा पानी पनर्पे बताएको हो ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम  प्रदेशमा सामान्य बदली रहि बाँकी  भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम  हुँदा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०८:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology