Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रतिनिधिसभाको कार्यकालको बिषयमा बहस सुरु, सरोकारवाला छैनन् एकमत 

प्रतिनिधिसभाको कार्यकालको बिषयमा बहस सुरु, सरोकारवाला छैनन् एकमत 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
प्रतिनिधिसभाको कार्यकालको बिषयमा बहस सुरु, सरोकारवाला छैनन् एकमत 
images

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने गरि मिति घोषणा भएसँगै संसदको कार्यकालको समयअवधिको बारेमा बहस सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा सांसद, काुनविद् तथा जानकारहरू समेत एक मत हुन सकिरहेका छैनन् ।

कतिपयले संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुने प्रस्ट उल्लेख गरिएको भन्दै निर्वाचन मिति घोषणा भएपनि संसदले पाँच वर्षे कार्यकाल पूरा नहुन्जेल काम गर्न पाइरहने तर्क गरेका छन् भने कतिपयले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रतिनिधिसभा निस्क्रिय रहने तर्क गरिरहेका छन् । निर्वाचन आयोगले भने प्रतिनिधिसभाको कार्यकाल आगामी मंसिर २१ गतेसम्म रहने प्रस्ट पारेको छ ।

आयोगले अघिल्लो निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचन मितिलाई आधार बनाएर संसदको कार्यकाल गणना गरेको छ । संसदको कार्यकाल कहिलेदेखि सुरु भएको मान्नेभन्ने बारेमा पनि एकमत देखिएको छैन ।

सांसदहरूले शपथ लिएको दिनलाई कार्यकाल सुरु भएको मान्ने वा दोस्रो चरणको निर्वाचन मितिलाई कार्यकाल सुरु भएको दिनका रुपमा गणना गर्ने भन्नेमा पनि एकमत देखिएको छैन ।

केही विज्ञले भने २०७४ साल मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनलाइ नै गणना मितिको रुपमा लिनुपर्ने बताएका छन् । निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभा कार्यकालको बिषयमा भने एक मत देखिएको छैन । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - १९:१४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology