नेदरल्याण्ड । नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटश्रृङ्खलामा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्डले नेदरल्याण्डलाई १६ रनले हराएको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
योसँगै नेदरल्यान्डसँगको दुई खेलको टी–२० श्रृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज हुँदैछ ।