Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दुर्घटना

गत आर्थिक वर्ष ३९ हजार तीन सय ७९ सवारी दुर्घटना, २८ सयभन्दा बढीको मृत्यु 

गत आर्थिक वर्ष ३९ हजार तीन सय ७९ सवारी दुर्घटना, २८ सयभन्दा बढीको मृत्यु 

images

सिआईएन

२०, श्रावण २०७९
गत आर्थिक वर्ष ३९ हजार तीन सय ७९ सवारी दुर्घटना, २८ सयभन्दा बढीको मृत्यु 
images

अविनाश आचार्य, काठमाडौँ । गत आर्थिक वर्ष ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटना हुनेमा १९ हजार नौ सय ७४ वटा मोटरसाईकल मात्रै छन् । ती दुर्घटनाबाट दुई हजार आठ सय ८३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु तथा घाइतेहुनेहरूमा १७ देखी ३५ वर्ष उमेरसमूहका बढी रहेको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । राईका अनुसार ११ हजार चार सय ७२ वटा दुर्घटनाको कारण तीव्र गति हो ।

एक हजार एक सय ७७ वटा घटना चालकले मादक पदार्थ सेवन गरेका कारण भएका छन् भने ट्राफिक नियम उल्लङ्घनबाट आठ सय ८२ दुर्घटना भएका छन् ।

तथ्याङ्क हेर्दा दुर्घटना हुनुको कारणलाई चालकको लापरवाही मानिए पनि चालकलाई मात्रै जिम्मेवार बनाउन नहुने सडक सुरक्षा विज्ञ आशिष गजुरेलले बताउनुभयो । सडकको अवस्था सुधार, दुर्घटनापछि उद्धार र उपचार समयमै हुन सके धेरैको ज्यान जोगिन सक्ने गजुरेलको भनाइ छ ।

सवारी दुर्घटनाबाट एकै वर्षमा ४५ करोड चार लाख ५१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । चालक संवेदनशील भए मात्रै पनि सडक दुर्घटना आधाले कम गर्न सकिने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:१२:४६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology