Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

२८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

२८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै 

२८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
२८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै 
images

काठमाण्डौ । नेपालका आदिवासी समुदायले ‘२८औँ विश्व आदिवासी दिवस’ एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि आदिवासीको अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चितताका लागि राज्यलाई दबाब दिइने बताउनुभयो ।

दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले आज नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रर्दशनी तथा विशेष सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ भने भोलि राष्ट्रिय आदिवासी जनजति महिला महासङ्घले अन्तरक्रिया र नेपाल मगर सङ्घले विचार गोष्ठी गर्दैछ । किरात राई यायोख्याले साउन २२ गते प्रदेश नं. १ किरात प्रदेश विषयमा बहस गर्दैछ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौँमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्नेछ ।

दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासङ्घले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:१०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology