घ्याल्चोक । गण्डकी गाउँपालिका ७ स्थित घ्याल्चोकमा रहेको ज्ञानमार्ग माविबाट २०७८को एसईई परीक्षामा सहभागि भई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले एक कार्यक्रमका बिच सम्मान गरेका हुन् ।
वडा नम्बर ७ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तूलसी रेग्मिको अध्यक्षतामा एक कार्यक्रमका बिच एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
यसैबिच विद्यालयमा कार्यरत शिक्षकहरुलाई ल्यापटप र झोला पनि वितरण गरिएको थियो ।