Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अमेरिकी सभामुख ताइवानमा, चीनद्वारा ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा

अमेरिकी सभामुख ताइवानमा, चीनद्वारा ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा

images

एजेन्सी

१८, श्रावण २०७९
अमेरिकी सभामुख ताइवानमा, चीनद्वारा ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा
images

ताइवान । चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्।

१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ।
 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०८:०७:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology