Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मुग्लिन हाईवे हस्पिटल दोस्रो वर्षमा प्रवेश, दुर्घटनाका घाईतेले मात्र नभै स्थानीयले पनि सेवा पाएको अध्यक्ष लामाको भनाई

मुग्लिन हाईवे हस्पिटल दोस्रो वर्षमा प्रवेश, दुर्घटनाका घाईतेले मात्र नभै स्थानीयले पनि सेवा पाएको अध्यक्ष लामाको भनाई

चित्र बहादुर गुरुङ

१७, आश्विन २०७७
मुग्लिन हाईवे हस्पिटल दोस्रो वर्षमा प्रवेश, दुर्घटनाका घाईतेले मात्र नभै स्थानीयले पनि सेवा पाएको अध्यक्ष लामाको भनाई

मुग्लिन, १७ असोज
मुग्लिन बजारमा स्थापना भई सञ्चालन भैरहेको मुग्लिन हाईवे हस्पिटलले स्थापनाको पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ। यहि असोज १६ गते देखि हस्पिटलले सेवा सञ्चालन गरेको एक वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको हो।

images

120602172_331298994845867_8346833139761431393_n.jpg
अस्पतालले एक बर्ष पुरा गरेको अवसरमा शुक्रबार एक शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो। अस्पतलाका अध्यक्ष राम बहादुर लामाले व्यस्त राजमार्गमा अत्याधिक दुर्घटना हुने क्षेत्र भएकाले मुग्लिङ हाइवे हस्पिटलले दुर्घटनाका घाइतेहरुलाई तत्काल मृत्यु हुनबाट जोगाउने काम गरिरहेको बताउनुभयो। साथै उहाँले इच्छाकामना र आसपासका छिमेकी जिल्ला गोरखा, धादिङ तनहुँ लगायतका स्थानीय पालिकाहरुको जनताका लागि सर्वशुलभ स्वास्थ्य जाँच तथा उपचार सेवा दिइरहेको बताउनुभयो। उहाँले विशेष गरि आर्थिक रुपमा कमजोर भई अन्यत्र टाढा गई उपचार गर्न नसकेका विरामीहरुले यहाँ उपचार गराउने गरिएको बताउनुभयो ।

120578556_388479275515190_9023033661623137202_n.jpg
साथै अध्यक्ष लामाले कोभिड –१९ को महामारीको समयमा पनि निरन्तर हस्पिटल संचालन गरि सेवा प्रदान गरिएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले नाफा रहित भएकाले गाउँपालिकाले यस हस्पिटलका लागि सहयोग गर्दै आइरहेको बताउनुभयो। आगामी दिनमा पनि गाउँपालिकाले गर्न सकिने सहयोगले निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। उहाँले कोभिड–१९ को महामारीको समयमा अन्य स्वास्थ्य संस्थाहरु बन्द रहेको बेलामा मु्ग्लिन हाइवे हस्पिटलले निरन्तर सेवा दिएको भन्दै प्रशंसा गर्नुभयो।

120552372_262679401605489_5179889842646213708_n.jpg
वडाध्यक्ष मोदराज सिलवालले मुग्लिन हाइवे हस्पिटलले दिइरहेको सेवाको प्रशंसा गर्र्दै वडा र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
साथै उत्कृष्ट कर्मचारीको रुपमा माधव बस्नेत सम्मानित हुनुभएको छ। मेडिकल सहायक बस्नेतलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको हो।

120578556_388479275515190_9023033661623137202_n.jpg
मुग्लिङ हाइवे हस्पिटलमा चितवनको इच्छाकामना गाउँपालिका सहित, गोरखा, तनहुँ र धादिङबाट समेत स्वास्थ्य उपचार गर्न आउँछन्।
मुग्लिङ हाइवे हस्पिटल अहिले १५ शैयाको रहेको छ।

120366942_682899032624957_2349856603581500835_n.jpg

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०८:१७:१९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology