Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

बाढिपहिरोको वितण्डा

अविरल वर्षासँगै थानखोलाको डाईभर्सन बगाउदा यातायात अवरुद्ध, गाउँपालिका अध्यक्ष गुरुङद्वारा स्थलगत अवलोकन

अविरल वर्षासँगै थानखोलाको डाईभर्सन बगाउदा यातायात अवरुद्ध, गाउँपालिका अध्यक्ष गुरुङद्वारा स्थलगत अवलोकन

images

इच्छाकामना न्युज

१६, श्रावण २०७९
अविरल वर्षासँगै थानखोलाको डाईभर्सन बगाउदा यातायात अवरुद्ध, गाउँपालिका अध्यक्ष गुरुङद्वारा स्थलगत अवलोकन
images

सिमलढाप । गएराति देखि परेको अविरल वर्षासँगै आएको बाढिले चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित थानखोलामा रहेको डाईभर्सन बगाएको छ । डाईभर्सन बगाएसँगै इच्छाकामना गाउँपालिका ७ स्थित भालुमारा, सुन्दरवस्ती हुदै कालिका नगरपालिका निस्कने सडक यातायात अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै स्थानीयलाई नजिकको बजार पुग्नलाई असहज भएको इच्छाकामना गाउँपालिका ७ का वडाध्यक्ष विजय थापाले बताए। बाढीले ६ वटा ह्युम पाईप राखेर बनाईएको डाईभर्सनको छेउपट्टिको भाग बगाइदिएको उनले बताए। उनका अनुसार वर्षासँगै उक्त वडामा रहेका विभिन्न खहरे खोलाहरुमा पानीको मात्रा बढ्दा जोखिम बढेको छ ।

यस्तै बाढिले थानखोलाको डाईभर्सन बगाएर सडक अवरुद्ध पारेपछि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तत्कालै स्थलगत अवलोकन गरेको छ । क्षतिग्रस्त स्थलको अवलोकन पश्चात वर्षा रोकिए र बाढी कम हुने वित्तिकै तत्काल डाइभर्सन निर्माण गरी अस्थायी रुपमा सडक संचालन सुरु गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए। यो स्थानमा वर्षा हुने वित्तिकै सधै समस्या उत्पन्न हुने हुदाँ आगामी दिनमा स्थायी समाधान खोजिने उनले बताए।

‘अघिल्लो स्थानीय सरकारको वेवास्ताका कारण वर्षौदेखि यहाँका जनताले यो समस्या भोग्नुपरेको हो, अब हामी यो समस्याको दीर्घकालीन समाधान गनेछौं।’ उनले भने ‘संघिय सरकारबाट ३ पटकसम्म बहुवर्षीय योजना अन्तर्गत हरेक वर्ष ५० लाख रुपैयाँ थानखोलामा पुल बनाउन बजेट आएको थियो तर तात्कालीन स्थानीय सरकारले यो काम गर्नै चाहेन ।’

अब भने आफुहरुले थानखोलामा मोटरेबल पक्की पुल बनाउन प्रक्रिया अगाडी बढाउने र आफ्नो कार्यकाल भित्र निर्माण सम्पन्न गराउने उनले बताए। 

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १८:२४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology