Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्वभर प्रत्येक दिन झन्डै चार हजार नयाँ एचआईभी सङ्क्रमित थपिँदै 

विश्वभर प्रत्येक दिन झन्डै चार हजार नयाँ एचआईभी सङ्क्रमित थपिँदै 

images

एजेन्सी

१६, श्रावण २०७९
विश्वभर प्रत्येक दिन झन्डै चार हजार नयाँ एचआईभी सङ्क्रमित थपिँदै 
images

विश्वभर प्रत्येक दिन झन्डै चार हजार नयाँ एचआईभी सङ्क्रमित थपिने गरेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घले हिजो आफ्नो ट्वीटर ह्याण्डलमा विश्वभर प्रत्येक दिन ४ हजारका दरले नयाँ एचआईभी सङ्क्रमित थपिने गरेको उल्लेख गरेको छ । सङ्घलेविश्वका विभिन्न मुलुकलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेकोमा चिन्ता व्यक्त गरेको छ ।

एचआईभी/एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड–१९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआईभी महामारीविरुद्धको प्रगति कमजोर भएको बताएको छ। य

सका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन्, जसका कारण लाखौँको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ।नयाँ सङ्क्रमणको सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३ दशमलव ६ प्रतिशतले घटेको छ ।

जुन नयाँ एचआईभी सङ्क्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो।पूर्वी युरोप र मध्य एशिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १०:४५:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology