Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सा रे गा मा पा  बंगालका उप विजेता  साईराज खातीको 'कसम' सार्वजनिक ( भिडियो )

सा रे गा मा पा  बंगालका उप विजेता  साईराज खातीको 'कसम' सार्वजनिक ( भिडियो )

images

इच्छाकामना न्युज

१५, श्रावण २०७९
सा रे गा मा पा  बंगालका उप विजेता  साईराज खातीको 'कसम' सार्वजनिक ( भिडियो )
images
काठमाडौं । अमेरिकामा बसेर  नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको बिल्कुलै नयाँ सांगीतिक सौगात 'कसम' सार्वजनिक भएको छ।  साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अमेरिकामा रहेका अर्का संगीतकार अम्बर तुम्बापो सुब्बाको रहेको छ ।  गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।  

गौतम  बुद्ध जन्मस्थल लुम्विनी भित्र  छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।  भिडियो 'केके अक्टेभ' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  यसअघि गीतकार मिश्रको शब्दमा रहेको 'हंगामा भो', फुल बनी', चिनी अमिलो', 'बालै भएन', 'माया बसेछ', 'छ पक्कै ल पक्कै' लगायत  थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  

भिडियो
:

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - २०:१६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology