अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ताइवानको विषयमा कुराकानी भएको छ । गएराति दुई नेताबीच दुई घण्टाभन्दा लामो समय भएको टेलिफोन वार्तामा ताइवानका बारेमा एकअर्कालाई चेतावनी दिएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले ताइवानमा अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
चिनियाँ राष्ट्रपति सीले भने बाइडेनलाई एक चीन सिद्धान्तको पालना गर्न अनुरोध गर्नुभएको बेइजिङलाई उदृत गर्दै खबरमा उल्लेख छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने योजना अघि सारेको भन्दै यस विषयमा तनाव बढेको छ ।