चितवन । आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशका धेरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति पनि देशका केही स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ।