Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने 

साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने 

images

एजेन्सी

११, श्रावण २०७९
साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने 
images

श्रीलङ्का । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

यसअघी सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । आज दोस्रो खेल खेल्न लागेको नेपाल श्रीलंकालाई पनि हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । श्रीलङ्का भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएकाके थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।नेपालले श्रीलंकापछि तेस्रो खेलआगामी आइतबार भारतसँग र अन्तिम खेल मङ्गलवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:४७:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology