Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन, नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना 

कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन, नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना 

images

एजेन्सी

११, श्रावण २०७९
कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन, नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना 
images

कङ्गो । कङ्गोमा शान्ति मिसन विरुद्ध प्रदर्शन भईरहेको छ । नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भईरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसन विरुद्ध प्रदर्शन गर्नुका साथै मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आजजारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ । साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:३५:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology