Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

२ पटक स्थगित भएको पाथीभरा गोल्डकप यस वर्ष पनि नहुने 

२ पटक स्थगित भएको पाथीभरा गोल्डकप यस वर्ष पनि नहुने 

images

इच्छाकामना न्युज

१०, श्रावण २०७९
२ पटक स्थगित भएको पाथीभरा गोल्डकप यस वर्ष पनि नहुने 
images

कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ । ताप्लेजुङमा कोरोनाका कारण २ पटक स्थगित भएको पाथीभरा गोल्डकप यस वर्ष पनि नहुने भएको छ ।लाखेजात्रा सञ्चालन समितिले लाखेजात्राको अवसरमा सञ्चालन हुदै आएको पाथीभरा गोल्डकप यस वर्ष पनि सञ्चालन गर्न नसकिने जनाएको हो ।

कोरोना सङ्क्रमणका कारण २०७६ सालमा सम्पन्न पाथीभरा गोल्डकपको चौथो संस्करणपछि गोल्डकप सञ्चालन हुन सकेको छैन । मैदानको आसपास पुर्वाधार निर्माणको कार्य जारी रहेको र खेल सञ्चालन गर्नूपुर्व नै निर्माणको कार्य सम्पन्न हुने सम्भावना न्युन भएकाले खेल सञ्चालन गर्न सम्भव नभएको सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।

लाखेजात्राको अवसरमा हरेक वर्ष हुदै आएको प्रतियोगिता देउमान कप, कञ्चनजङ्घा कप हुँदै कालान्तरमा पाथीभरा गोल्डकपमा रुपान्तरण भएको हो । ताप्लेजुङमा २०२९ सालदेखि निरन्तर खेल सञ्चालन हुदै आएको ईतिहास छ । जिल्लामा अन्य खेलमैदान नभएको कारणले पनि यसवर्ष खेल सञ्चालन हुन नसकेको आयोजकले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ११:००:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology