भारत । भारतको गुजरात राज्यमा विषाक्त मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको छ । गुजरातको बोटाड जिल्लामा विषाक्त मदिरा सेवनका कारण दर्जनभन्दा बढी बिरामी भएका छन् ।
बिरामी भएका सबै जनाको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्छ ।