Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शिक्षा विकास तथा समन्वय इकाइको नाम परिवर्तन गरि फेरी शिक्षा विभाग र जिशिका राख्ने सरकारको तयारी

शिक्षा विकास तथा समन्वय इकाइको नाम परिवर्तन गरि फेरी शिक्षा विभाग र जिशिका राख्ने सरकारको तयारी

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
शिक्षा विकास तथा समन्वय इकाइको नाम परिवर्तन गरि फेरी शिक्षा विभाग र जिशिका राख्ने सरकारको तयारी
images

काठमाडौं । सरकारले शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गर्ने भएको छ ।शिक्षा विकास तथा समन्वय एकाइको नाम जिल्ला शिक्षा कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग नाम राख्ने भएको छ ।

शिक्षा मन्त्रालयका उपसचिव डा. कुल खनालले भने, भूमिका समन्वयकारी भएपनि पपुलर नाम भनेको जिल्ला शिक्षा कार्यालय नै हो । शिक्षा विकास तथा समन्वय एकाइ भन्दा जनतालाई पनि निकै गाह्रो भयो । शिक्षा विभाग भनिराखेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र भन्दा अफ्ठेरो अफ्ठेरो भयो । भूमिका चाहिँ आ-आफ्नो हुन्छ । नामले खासै फरक पर्दैन । शिक्षा कार्यालय र शिक्षा विभाग राख्ने भनेर आवाज उठिरहेको छ ।

विगतमा रहेको जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारको तयारी छ । विषयगत मन्त्रालयका रुपमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने प्रस्ताव लैजादै छ ।

२०७५ साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २१:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology