भारतले पहिलो एकदिवसीय खेलमा घरेलु टोली वेस्ट इन्डिजमाथि जित हात पारेको छ । गयराति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै जित हात पारेको हो ।
जितसँगै ३ खेलको एकदिवसीय सिरिजमा भारतले १–० को अग्रता बनाएको छ । जितको लागि ३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन बनायो ।
त्यसअघि क्विन पार्क ओभल क्रिकेट मदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । भारत र वेस्ट इन्डिजविरुद्धको दोस्रो खेल भोलि हुनेछ ।