Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकामा ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन, अध्यक्षमा अनिल श्रेष्ठ चयन

आँबुखैरेनी गाउँपालिकामा ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन, अध्यक्षमा अनिल श्रेष्ठ चयन

इच्छाकामना न्युज

६, श्रावण २०७९
आँबुखैरेनी गाउँपालिकामा ‘आँबुखैरेनी वाङ्मय परिषद’ गठन, अध्यक्षमा अनिल श्रेष्ठ चयन
images

आँबुखैरेनी, ६ साउन । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र संम्वद्र्धनको लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो।

images
images

परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ र सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेललाई मनोनित गरेको छ। 

आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आयोजित भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९÷०४÷०३ गते बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने, बताए । 

मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने, बताए ।  

पालिका प्रमुख चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ. ब. २०७९÷०८० बजेटबाट १५ लाख रुपैयाँ विनियोजन गरेको’ पनि  बताए । 

परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ साल भाद्र २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - २२:१३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology