Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्घटना

मुग्लिन–नारायणगढ सडकको केरावारीमा ट्रक र स्कार्पियो ठक्कर खादाँ ७ जना घाइते, ३ को अवस्था गम्भीर

मुग्लिन–नारायणगढ सडकको केरावारीमा ट्रक र स्कार्पियो ठक्कर खादाँ ७ जना घाइते, ३ को अवस्था गम्भीर

images

इच्छाकामना न्युज

३२, आषाढ २०७९
मुग्लिन–नारायणगढ सडकको केरावारीमा ट्रक र स्कार्पियो ठक्कर खादाँ ७ जना घाइते, ३ को अवस्था गम्भीर
images

मुग्लिन, ३२ असार । मुग्लिन–नारायणगढ सडकमा दुई सवारी एकाआपासमा ठक्कर खादाँ ६ जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिन तर्फ आइरहेको ना६ख २७७२ नम्बरको ट्रक र बिपरित दिशाबाट गइरहेको ग २ च ३५१२ नम्बरको स्कार्पियो अन्दाजी साँझ १७ः४० बजेको समयमा भरतपुर २९ स्थित मुग्लिन नारायाणगढ सडक खण्डको केराबारी भन्ने स्थानमा एक आपसमा ठक्कर खांदा स्कार्पियोमा सवार चालक सहित ७ जना घाईते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार पर्सा छप्कैया २ वस्ने वर्ष ३० की साहारा खातुन उनकी छोरी बर्ष ३ की अरपित खातुन सोही ठेगाना भएका बर्ष ५०/५५ कि जुबिदा खातुन, पर्सा पर्सागढी गा पा ५ वस्ने बर्ष २२ को अजर आलम , स्कार्पियो चालक पर्साको बिरगञ्ज १३ वस्ने बर्ष ३३ को ओम प्रकाश पटेल पर्साकै छप्कैया २ बस्ने बर्ष ६०/६२ को रामजान मियाँ र नामथर वतन नखुलेको अं. ८/९ महिनाको बालक रहेका छन् ।

घाइते मध्य स्कर्पीयो चालक ओमप्रकाश पटेल, जुबिदा खातुन, र रामजान मियाँको अवस्था गम्भीर रहेको छ । अन्य ४ जनाको अवस्था मध्याम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - २०:१८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology