Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजापाक्षे र पूर्वअर्थमन्त्री बासिललाई देश छाड्न रोक 

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजापाक्षे र पूर्वअर्थमन्त्री बासिललाई देश छाड्न रोक 

images

एजेन्सी

३२, आषाढ २०७९
श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजापाक्षे र पूर्वअर्थमन्त्री बासिललाई देश छाड्न रोक 
images

श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको छ। हिजो सर्वोच्च अदालतले एक फैसला गर्दै आगामी जुलाई २८ सम्म अनुमतिविना देश छाड्न नपाइने गरी दुबै जनाको नाममा आदेश जारी गरेको हो ।

जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै अदालतले दुबै जनालाई  देश बाहिर जान प्रतिबन्ध लगाएको बीबीसीले लेखेको हो । अदालतले केन्द्रीय बैँकका पूर्वगभर्नर अजिथ निभार्ड काब्राल र अरू केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०९:३५:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology