Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

२०९ औं भानु जयन्ती

२०९ औं भानु जयन्तीमा इच्छाकामना साहित्य प्रवाहद्वारा खुल्ला कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२०९ औं भानु जयन्तीमा इच्छाकामना साहित्य प्रवाहद्वारा खुल्ला कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

३१, आषाढ २०७९
२०९ औं भानु जयन्तीमा इच्छाकामना साहित्य प्रवाहद्वारा खुल्ला कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

कुरिनटार, ३१ असार । इच्छाकामना साहित्य प्रवाहले खुल्ला कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । २०९औँ भानुजयन्तीका अवसर पारेर शुक्रबार खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

images

इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यता ,उपाध्यक्ष मायाँ सिलवालको विशिष्ट आतिथ्यता तथा वार्डनं. ४ का अध्यक्ष रुद्र उप्रेतीको आतिथ्यतामा इच्छाकामना साहित्य प्रवाहका वर्तमान तथा पूर्व कार्यसमिति तथा सल्लाहकार समिति साथै साहित्यानुरागी शिक्षक तथा विद्यार्थीहरू लगायत साहित्य प्रेमीहरुको सहभागीतामा सर्वशान्ति मावि कुरिनटारमा कार्यक्रम सम्पन्न भएको हो ।

स्रष्टा सम्मान अन्तरगत “कालो नैवेद्य“ कविता कृतिका लागि कृष्णप्रसाद पोखरेल र “मनकली“ उपन्यास कृतिका लागि विमला अधिकारी देवकोटालाई पुरस्कृत गरिएको थियो । उहाँहरुलाई जनही रु ५,१०० सहित प्रमाणपत्र र दोसल्ला सहित सहित सम्मान गरिएको हो ।

कविता प्रतियोगितामा विमला अधिकारी देवकोटा प्रथम, ध्रुब अधिकारी द्वितीय र सर्वशानित माविमा कक्षा १० मा  अध्ययनरत राजु परियार तृतीय हुनुभएको थियो ।प्रमुख अतिथि तथा विशिष्ट अतिथिको बाहुली बाट पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
प्रमुख अतिथि दान बहादुर गुरुङले इच्छाकामना साहित्य प्रवाहको उत्तरोत्तर प्रगतिको कामना गर्दै साहित्य,कला संस्कृतिको प्रवर्धनका लागि गाउँपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कवि रामनाथ त्रिपाठी,सुदर्शन कट्टेल र लेखकुमारी सापकोटाबाट कविता वाचन गर्नुभएको थियो ।
यसैबिच साहित्य प्रवाहलाई संस्थाका अध्यक्ष एकराज शर्माले रु १० हजार र पूर्व अध्यक्ष कृष्णप्रसाद सिलवालले रु ६ हजार आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रम प्रवाहका सचिव शंकर सिलवालले संचालन गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - २२:४६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology