Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

केबुलकार नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्यो, २ घाइते

केबुलकार नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्यो, २ घाइते

इच्छाकामना न्युज

३१, आषाढ २०७९
केबुलकार नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्यो, २ घाइते
images

मुग्लिन, ३१ असार । आज बेलुकी मनकामना केबुकार नजिकै ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ८६७१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

images
images

पृथ्वीराजमार्ग अन्तगरत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ स्थित केबुलकार नजिकै सडकबाट ट्रक १५० मिटर तल त्रिशुली नदि किनारमा खसेर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायव निरिक्षक विरेन्द्र महतले जनाएका छन् ।

दुर्घटना परी घाइते हुनेमा ट्रक चालक बर्दिया जिल्ला बाँसगडी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ का दिल बहादुर चौधरी र सहचालक सोही स्थानका वर्ष २४ को सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - २२:१८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology