Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युरोपियन युनियन

कोभिड खोपसम्बन्धी गोप्य सौदाबाजी सार्वजनिक गर्न युरोपियन युनियनले किन गर्‍यो अस्वीकार?

कोभिड खोपसम्बन्धी गोप्य सौदाबाजी सार्वजनिक गर्न युरोपियन युनियनले किन गर्‍यो अस्वीकार?

खोप खरिदमा ३१ अर्ब यूरो भन्दा बढीको गोलमाल भएको आशंका

कोभिड खोपसम्बन्धी गोप्य सौदाबाजी सार्वजनिक गर्न युरोपियन युनियनले किन गर्‍यो अस्वीकार?
images

आफ्ना १ लाख ३० हजार नागरिक र युरोपेली अम्बुड्सम्यानले आग्रह गर्दागर्दै पनि  युरोपियन युनियनले कोभिड खोप खरिदका लागि खोप उत्पादक कम्पनी फाइजरका सीइओ अल्बर्ट बोर्लासँग भएको लिखित सौदाबाजी (फोनमा आदानप्रदान भएका एसएमएसहरू वा टेक्स्ट) सार्वजनिक गर्न इन्कार गरेर आफ्नो साख दुई गुणा गिराएको छ । गत साता, युरोपेली अम्बुड्सम्यान, एमिली ओरेलीले सौदाबाजीका ती एसएमएसहरू युरोपियन युनियनको पारदर्शितासम्बन्धी नियमको अधीनमा रहेको बताउनु भयो तर युरोपेली आयोगले टेक्स्ट सन्देश ‘अल्पकालीन र क्षणिक’ भएको भन्दै त्यसको अभिलेख नभएको उल्लेख गरेको छ ।

images
images

खासमा युरोपमा सुचनाको हकमा काम गर्ने संस्था एक्सेस इन्फोको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका सदस्य पत्रकार अलेक्ज्याण्डर फान्टाले दस्तावेजहरूमा पहुँचका लागि अनुरोध गरेपछि यो विषय सतहमा आएको हो।

युरोपियन युनियनले आफ्ना कर्मचारीहरूलाई व्यवसायिक काममा मेसेजिङ एपको प्रयोग नगर्न प्रस्ताव गर्दै गरेको छ जसका कारण ती सन्देशको अभिलेख राख्नु ‍पर्ने आवश्यकता नै सकिएको छ। त्यसैले युरोपियन युनियनको यो व्यवस्थालाई पारदर्शिता विज्ञहरूले प्रतिगामी कदमको रूपमा लिएका छन् ।

चिन्ताको विषय यो हो कि यो निर्णयबाट महत्वपूर्ण मामिलाहरूमा छलफल र निर्णयहरू मेसेजिङ एपका सन्देश मार्फत गर्न सक्ने अवस्था बनाएको छ। किनकी आजकल सबैजसो सार्वजनिक निकायहरूमा यो काम कुनै पारदर्शिता विना नियमित रूपमा हुने गर्दछ ।

खोप सौदाबाजी मुद्दा बन्नुको मुख्य कारणचाहिँ युरोपियन युनियनले यसको प्रारम्भिक कोभिड खोप सम्झौतामा ३१ अर्ब यूरो भन्दा बढी भुक्तानी गरेको हुनसक्ने अनुसन्धाताहरूले वताएका छन् ।

समअफअसका डिजिटल अभियानकर्ता इब्राहिम बेचरौरी भन्नुहुन्छ “उर्सुला भोन देर लेयनले फाइजर सँगको वार्ताको बारेमा स्पष्ट हुनैपर्छ । यसखालका कुनै पनि कमीले कोभिड खोप र युरोपेली संस्थाहरूप्रति जनताको अविश्वासलाई बढावा दिनेछ । इयुले अर्बौंले बढी भुक्तान गरेको हुनसक्छ र करदाताहरू सत्य कुरा बताउन जरुरी छ । आज, पत्रकार, गैरसरकारी संस्था र निर्वाचित प्रतिनिधिहरू सहित युरोपमा १३०,००० भन्दा बढी मानिसहरूले सुश्री भोन देर लेयनसँग जवाफ मागिरहेका छन्ः उहाँले यो मुद्दालाई अनिश्चित कालसम्म बेवास्ता गर्न सक्नुहुन्न ।

सन् २०१९ मा उर्सुला भोन देर लेयन जर्मन रक्षामन्त्री हुँदा रक्षा सम्बन्धी ठेक्का सम्झौतामा पारदर्शिताको अभाव भएकाले गम्भीर आलोचना गरिएको थियो। उर्सुला भोन देर लेयनले ठेक्का दिदा पक्षपात गरेको शंका थियो र जब सम्झौताको छानबिन गर्ने जर्मन संसदीय समितिले दुईवटा मोबाइल फोनहरू अनुसन्धानका लागि दिन अनुरोध गरे, अनुसन्धानका क्रममा एउटा फोनमा भएको सौदाबाजीका सामग्रीहरू हटाइएको पाइएको थियो ।

एक्सेस इन्फो यूरोपका कार्यकारी निर्देशक हेलेन डार्बिशायर भन्नुहुन्छ  “युरोपियन युनियनले मेसेजिङ एपका टेक्स्ट वा सन्देशहरू नदिएर एउटा स्थायी नजिर स्थापित गर्ने प्रयास गर्न खोजेको हामीलाई लागेको छ। यसले युरोपियन युनियनको २१–वर्ष पुरानो दस्तावेजमाथि पहुँच सम्बन्धी नियम डिजिटल युगमा उपयुक्त रहे वा नरहेको सम्बन्धमा पनि प्रश्न उठेको छ । हामीलाई युरोपियन युनियनको इमान्दारीपूर्ण पारदर्शिता र जवाफदेहिता प्रदान गर्ने नियमहरू चाहिन्छ, जसका निर्णयहरूले युरोपेली नागरिकहरूको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।”

प्रस्तुतिः मनोजराज रेग्मी

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०८:११:०४ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology