Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्काका राष्ट्रपतिले देश छाडे, नेतृत्व लिन प्रमुख प्रतिपक्षी नेता तयार 

श्रीलङ्काका राष्ट्रपतिले देश छाडे, नेतृत्व लिन प्रमुख प्रतिपक्षी नेता तयार 

images

एजेन्सी

२९, आषाढ २०७९
श्रीलङ्काका राष्ट्रपतिले देश छाडे, नेतृत्व लिन प्रमुख प्रतिपक्षी नेता तयार 
images

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाड्नुभएको छ । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षेले देश छाड्नुभएको हो । उहाँ स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुग्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन् ।

राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको खबरमा उल्लेख छ । गत शनिबार राष्ट्रपति निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि राजापाक्ष लुकेर बस्नुभएको थियो । उहाँका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको स्रोतलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ । उहाँ अमेरिका जाँदै गरेको खबरमा उल्लेख छ ।

यसैबीच राष्ट्रपति राजापाक्षेको स्थान लिन आफू तयार भएको प्रमुख प्रतिपक्षी दल समाजी जान बालावेगायाले घोषणा गर्नुभएको छ । आर्थिक सङ्कट र बढ्दो विवादका बीच बालावेगायाले राष्ट्रपति राजापाक्षेको स्थान लिन आफू तयार भएको घोषणा गर्नुभएको हो । आफूलाई आफ्नो दलसहित अन्य दलको समेत समर्थन रहेको उहाँको दाबी छ । 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:२९:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology