Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वभर एकैदिन हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिए, संख्या ७ करोड ५८ लाख नाघ्यो 

विश्वभर एकैदिन हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिए, संख्या ७ करोड ५८ लाख नाघ्यो 

विश्वभर एकैदिन हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिए, संख्या ७ करोड ५८ लाख नाघ्यो 
images

काठमाण्डौं, ४ पौष । 
कोरोना महामारी सुरु भएको एक वर्ष हुन लागेको छ । यस अवधिमा विश्वभर कोरोना सङ्क्रमित थपिने क्रम निरन्तर जारी छ ।
पछिल्लो समय विश्वभर एकैदिन कोरोना सङ्क्रमित थपिने दर  ५ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका छन् । तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ७ लाख २ हजार ५ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित विश्वभर थपिएका छन् । 
योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप १२ हजार २ सय ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ८० हजार २ सय ५९ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ३२ लाख ४९ हजार १ सय ८३ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड १० लाख ५७ हजार ९ सय २५ रहेको छ ।

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०८:५६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology