Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेरिकाले कोरोनाविरुद्धको दोस्रो खोपलाई पनि स्विकृत दियो

अमेरिकाले कोरोनाविरुद्धको दोस्रो खोपलाई पनि स्विकृत दियो

एजेन्सी

४, पौष २०७७
अमेरिकाले कोरोनाविरुद्धको दोस्रो खोपलाई पनि स्विकृत दियो
images

काठमाण्डौं, ४ पौष
कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई पनि अमेरिकाले स्वीकृति दिएको छ ।

images
images

खोप तथा औषधि सम्बन्धी अमेरिकी नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० ले मोर्डेनाले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।

एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोर्डेनाको खोप सुरक्षित एवं प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गरेपछि एफडीएले सर्वसाधारणमा आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको हो ।

यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई खोप लगाउन थालिएको छ ।

दुवै खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ भने १ करोड ७८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०८:४५:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology