यस वर्षको विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि काजकिस्तानका इलिना राइबाकिनाले जित्नुभएको छ । गयराति भएको फाइनल खेलमा ट्युनिसियाका ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बन्नुभएको हो ।
७ औं वरियताका राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गर्नुभयो ।२३ वर्षका राइबाकिनाको योपहिलो ग्रान्डस्लाम उपाधि हो भने उहाँले पहिलो पटक विम्बल्डनको उपाधि जित्नुभएको हो ।
राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी समेत बन्नुभएको छ ।