Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्काको आर्थिक सङ्कटः राष्ट्रपतिले बुधवार राजीनामा दिने 

श्रीलङ्काको आर्थिक सङ्कटः राष्ट्रपतिले बुधवार राजीनामा दिने 

images

एजेन्सी

२६, आषाढ २०७९
श्रीलङ्काको आर्थिक सङ्कटः राष्ट्रपतिले बुधवार राजीनामा दिने 
images

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने हुनुभएको छ । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने बताउनुभयो ।

त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि पदबाट राजीनामा दिने बताइएको छ । तर, उहाँले राजीनामा दिने मिति भने खुलाइएको छैन । गोटाबायाले सर्वदलिय सरकार गठनको बाटो खोल्नका लागि आफूले पदबाट राजीनामा दिन लागेको बताउनुभएको छ ।

लामो समयदेखि आर्थिक सङ्कटबाट जुँधिरहेको श्रीलङ्कामा हिजो प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेका थिए भने प्रधानमन्त्रीको घरमा आगजनी गरेका छन् । श्रीलङ्का संसदका सभामुख अभयवद्र्धना अस्थायी राष्ट्रपति बन्ने हुनुभएको छ ।

यसैबीच, मानवअधिकार रक्षा वकिलहरूको एक समूहले श्रीलङ्काको सङ्कटले भयावह रुप लिन सक्ने भन्दै चेतावनी दिएको छ । श्रीलङ्काको प्रमुख मानवाधिकार रक्षा वकील भवानी फोनेस्काले श्रीलङ्कामा आर्थिक अवस्थाभन्दा पनि खराब स्थिति उत्पन्न हुन सक्ने बताउनुभएको बीबीसीले लेखेको छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०९:०१:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology