कुरिनटार, २४ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कालिखोलामा रहेको देविभञ्ज्याङ्ग आधारभुत विद्यालयमा अब कक्षा ६ को पठनपाठन सुरु हुने भएको छ । बिहिबार गाउँपालिकाले यसै शैक्षिक सत्र देखि सुरु गर्ने गरि विद्यालयलाई कक्षा ६ को पठनपाठन गर्ने अनुमति दिएसँगै पठनपाठन सुरु हुने भएको हो।

‘विद्यालयलाई कक्षा ६ पढाउने स्वीकृत आएको छ अब हामी पठनपाठन सुरु गर्छौ’ विद्यालयलका प्रध्यानाध्यापक ज्ञानुदेवी पाण्डेले जानकारी दिएको छ ।
उक्त विद्यालय इच्छाकामना गाउँपालिका भित्रका ५३ वटा सामुदायिक विद्यालय मध्य शत प्रतिशत चेपाङ विद्यार्थीले अध्ययन गर्ने विद्यालय हो ।
