Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम 

आज केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम 

images

इच्छाकामना न्युज

२३, आषाढ २०७९
आज केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम 
images

चितवन, २३ असार । आज देशका केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायुको प्रभावले आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेको हो ।

यस्तै आज दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, दैलेख, कालिकोट र आसपासका नदीहरूमा बाढी आउँन सक्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क हुन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०९:३१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology