Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नाडाल, विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश

नाडाल, विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश

images

एजेन्सी

१९, आषाढ २०७९
नाडाल, विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश
images

स्पेनिस टेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गर्नुभएको छ । सेन्टर कोर्टमा गयराति इटलीका लोरेन्जो सोनेगोलाई हराउँदै नाडालले अन्तिम १६ मा स्थान सुरक्षित गर्नुभएको हो ।

दोस्रो वरियताका नाडालले लोरेन्जोमाथि ६–१,६–२ र ६–४ को सेटमा जित निकाल्नुभयो । ३६ वर्षका नाडालको यो ३ सय ८ औं ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितिसक्नुभएको छ । अब नाडालले नेदरल्यान्ड्सका बोटिक भान डीसँग खेल्नुहुनेछ ।

पुरुषतर्फ नै निक क्रिगोसले स्टेफानोस सित्सिपासलाई पराजित गर्नुभयो । महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक तेस्रो चरणबाट बाहिरिनुभएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:१७:४१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology