Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा पूर्वशिक्षक एकराज शर्मा पोखरेल

इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा पूर्वशिक्षक एकराज शर्मा पोखरेल

इच्छाकामना न्युज

१८, आषाढ २०७९
इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा पूर्वशिक्षक एकराज शर्मा पोखरेल
images

कुरिनटार,१८ असार । इच्छाकामना साहित्य प्रवाह इच्छाकामनाको अध्यक्षमा एकराज शर्मा पोखरेल चयन हुनुभएको छ । शनिबार सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा सम्पन्न साधारण सभाले शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।

images
images

यसैबिच उपाध्यक्षमा रामानाथ त्रिपाठी, सचिवमा शंकर सिलवाल र कोषाध्यक्षमा रोहिणी त्रिपाठी चयन हुनुभएको छ । वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

289499095_5126513347417424_6966414586962537214_n.jpg

सदस्यहरुमा रामजी त्रिपाठी, विकास त्रिपाठी,सरस्वती पोखरेल, अर्जुन बहादुर खत्री र भगवती अर्याल चयन हुनुभएको छ ।
। साथै यस इच्छाकामना साहित्य प्रवाहको निर्वतमान अध्यक्ष कृष्णप्रसाद पोखरेल संरक्षकमा रहनुभएको छ।

वडाध्यक्ष उप्रेतीले साहित्य भनेको समाजको ऐना भएकाले यस संस्थालाई आफु र गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

291600468_1132014197656297_79723197669237489_n.jpg

कार्यक्रममा प्रकाश अधिकरी,कृष्णप्रसाद सिलवाल, सावित्री गुरुङ, तेजविलास अधिकारी लागायतले मन्तव्य राख्नुभएको थियो ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - २२:०७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology