टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको पेनाङ सिटी रङ्गशालामा एनआरटीले दोस्रो खेलमा मलेसियन सुपर लिग क्लब पेनाङसँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ साढे ६ बजे सुरु हुनेछ ।
यसअघि बिहीवार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । पेनाङ शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । मलेसिया भ्रमणपछि एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।