Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत गोरखा गण्डकीका २ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत गोरखा गण्डकीका २ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

images

इच्छाकामना न्युज

१७, आषाढ २०७९
‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत गोरखा गण्डकीका २ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण
images

गोरखा, १७ असार । प्रबल नेपालले आयोजना गरेको ‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत गोरखा गण्डकी गाउँपालिकाका २ विद्यालयका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा लत्ता कपडा वितरण गरेको छ । 

गाउँपालिकाको वडा नं. ४ स्थित फुजेलमा रहेको दिर्धेश्वर मा.वि.का ३० जना बालबालिकालाई कपी, कलम लगायत शैक्षिक सामग्री वितरण गरेको प्रबल नेपालको सचिव अरुणा ढकालले जानकारी दिइन्।

290511051_1404229616754274_8689449520897369635_n.jpg

विगतका दिनहरुमा प्रबल नेपालले विभिन्न ठाउँहरुमा पुगेर त्यहाँको शैक्षिक अवस्था बारे बुझ्दै आएको र आवश्यक देखिएको ठाउँहरुमा बालबालिकालाई विभिन्न कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको सचिव ढकालले बताइन्।

त्यस्तै, गाउँपालिकाकै वडा नं. ३ फुजेलमा रहेको भैरवश्रम मा.वि.का १२ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ। 

‘बालबालिकासँग प्रबल’ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लाहरुमा पुगेर हरेक विद्यालयमा एकरएक जना छात्रछात्रालाई प्रबल सँग जोडिराख्ने र त्यसो हुँदा सम्बन्धित ठाउँको समस्या पहिचान गर्न सहज हुने र त्यसको समाधानको बाटो खोज्न सहज हुने संस्थाकी अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन्।

290661560_441386164502430_2732481769268670519_n.jpg

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले शैक्षिक सामाग्री र लत्ताकपडा उपलब्ध गराइदिनु हुने थाहा युथ इन्भेष्टमेन्ट फन्डस् पा्र.ली. प्रति संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरिन्।

यस्तै, विद्यालयका सह–प्राधानाध्यापक ठाकुर प्रसाद पन्तले  संस्थाले विद्यालयमा गर्दै आएको कार्यक्रम र सहयोगको प्रशंसा गर्दै विद्यालयले आफ्नो तर्फबाट कार्यक्रमप्रति सकारात्मक रहेको बताए।

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - ०८:२८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology