Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न युक्रेनको माग 

रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न युक्रेनको माग 

images

एजेन्सी

१५, आषाढ २०७९
रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न युक्रेनको माग 
images

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई संयुक्त राष्ट्रसङ्घबाट निष्कासन गर्न माग गर्नुभएको छ । युक्रेनमाथी रुसको आक्रमणलाई ‘आतङ्कवादी गतिविधि’ भन्दै उहाँले राष्ट्रसङ्घबाट निष्कासन गर्न आग्रह गर्नुभएको हो ।

उक्त गतिविधि अन्य युरोपेली देशहरू र एसियामा फैलनु अघि रोक्न उहाँले आग्रह गर्नुभयो ।संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनी भूमिमा रूसी कब्जा प्रयासबारे अनुसन्धान गर्न पनि आग्रह गर्नुभयो ।

देशलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय न्यायाधिकरण स्थापना गर्नुपर्ने उहाँको माग छ । रुसलाई तत्काल रोक्न नसकिए बाल्टिक राज्यहरू र पोल्याण्डलाई अलग गर्दै अन्य देशहरूमा फैलिने जेलेन्स्कीको चेतावनी छ । रुस र युक्रेनबिच एक सय २६ दिनदेखी युद्ध चलिरहेको छ । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:२७:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology