Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मोटरसाईकल चोरेर बेच्ने इच्छाकामनाका कमल गुरुङ र किन्ने गोरखा शहिद लखनका लोक थापा पक्राउ

मोटरसाईकल चोरेर बेच्ने इच्छाकामनाका कमल गुरुङ र किन्ने गोरखा शहिद लखनका लोक थापा पक्राउ

images

इच्छाकामना न्युज

१४, आषाढ २०७९
मोटरसाईकल चोरेर बेच्ने इच्छाकामनाका कमल  गुरुङ र किन्ने गोरखा शहिद लखनका लोक थापा पक्राउ
images

चितवन, १४ असार । चोरीको मोटरसाईकल बेच्ने चितवन इच्छाकामनाका र किनेर प्रयोग गर्ने गोरखा शहिद लखन गाउँपालिकाका दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बिलबुक नभएपछि प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी लिलाराज लामिछानेले बताए । उनले उक्त मोटरसाईकल चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ३ बस्ने कमल गुरुङ सँग खरिद गरेको बताएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाईकल गत बैशाख ९ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बाट हराएको खुल्न आएको डिएसपी लामिछानेले बताए । दुबै जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

नोटः उल्लेखित समाचारको शीर्षक र भित्र समाचारमा मोटरसाईकल चोरी गरी बेच्ने इच्छाकामना ३ का कमल गुरुङ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सं.

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १९:४२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology