जोर्डनको रेड सी बन्दरगाह अकाबामा विषाक्त क्लोरिन ग्यास चुहावट हुँदा ११ जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।
क्रेन खराबीका कारण एक रासायनिक भण्डारण कन्टेनर ढुवानी गर्ने क्रममा खस्दा विस्फोट भएको थियो । सरकारी सञ्चारमाध्यमहरूका अनुसार घाइते मध्ये १ सय ९९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ