Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्कामा अत्यावश्यक सेवा बाहेकलाई इन्धन बिक्रीमा रोक 

श्रीलङ्कामा अत्यावश्यक सेवा बाहेकलाई इन्धन बिक्रीमा रोक 

images

एजेन्सी

१४, आषाढ २०७९
श्रीलङ्कामा अत्यावश्यक सेवा बाहेकलाई इन्धन बिक्रीमा रोक 
images

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिल समेत गरेको छ ।

सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री नहुने सरकारका प्रवक्ता बन्दुला गुणवद्र्धनाले बताउनुभएको छ । उहाँले इन्धन अभावका लागि श्रीलङ्कन जनतासँग माफी माग्नुभएको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक सङ्कट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयातका लागिसमेत रकम तिर्न सकिरहेको छैन । 

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:२९:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology