Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरियोग्राफर गणेश आचार्यलाई जमानत

कोरियोग्राफर गणेश आचार्यलाई जमानत

इच्छाकामना न्युज

१०, आषाढ २०७९
कोरियोग्राफर गणेश आचार्यलाई जमानत
images

बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ । 

images
images

प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन् । उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जशीट दर्ता गराएको थियो । उनीमाथि एक महिला डान्सरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

महिला कोरियोग्राफरले आफू गणेशको कार्यालयमा काम गर्दा अपशब्द बोल्ने र अश्लील भिडियोसमेत देखाउने गरेको आरोप लगाएकी थिइन् । आफूले यो विषयमा भारतीय फिल्म र टेलिभिजन कोरियोग्राफर एसोसिएसनलाई जानकारी गराए पनि एसोसिएसनले उल्टै आफ्नो सदस्यतासमेत खारेज गरिदिएको खुलाएकी थिइन् ।

महिलाका अनुसार एक मिटिङमा आफूमाथि गरेको व्यवहारको विरोध गर्दा आफूलाई गणेश र उनका साथीहरुले कुटपिट गरेका थिए । त्यसपछि उनी प्रहरीको पुगे पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन् । त्यसपछि उनले वकिलको सहारा लिइन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०७:४९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology