Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित प्रहरी नियन्त्रणमा 

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित प्रहरी नियन्त्रणमा 

सिआईएन

१, पौष २०७७
रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित प्रहरी नियन्त्रणमा 
images

उपेन्द्र गोल, रौतहट, १ पुस । रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा मुकेश गिरी प्रहरी नियन्त्रण परेका हुन्। दुलाहा गिरीसँगै बुबा राम सागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई समेत प्रहरीले मण्डपबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहको निर्देशनमा प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख प्रहरी नायव निरिक्षक आमोद प्रकाश यादवको टोलीले शिवमन्दिर मण्डपबाट नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय गरुडामा कारवाहीको प्रक्रिया बढाउनको लागि बुझाइएको प्रहरीले जानकारी दिएको छ। 
प्रहरीले बालिकाको आमा लक्ष्मी गिरी, सानिआमा गिता गिरीलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनु भयो। उनीहरूले बालिका र उनीहरूको आफन्तलाई पैसाको प्रलोभनमा पारी विवाह गर्न प्रेरित गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रावलले बताउनुभयो। प्रहरीका अनुसार मुकेशले विवाह गर्न लागेकी बालिकाको उमेर अन्दाजी १४–१५ वर्षको मात्र रहेको छ। तर बालिकाको आफन्तले भने उनको उमेर १८ वर्ष रहेको बताउँदै आइरहेका छन्। बालिकाको आफन्तले भने बालिकाको घरको आर्थिक स्थिति पनि कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको बताएका छन्। दुलाहा बनेर विवाह गर्न ठिक्क परेका मुकेशले १२ कक्षा उत्तिण गरेका छन्। उनी बोल्न र सुन्न भने सक्दैनन्। 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक साहले उनीहरुलाई थप अनुसन्धान पश्चात बाल विवाह अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको जनाउँदै बाल विवाह जस्तो सामाजिक कुरिती हटाउन रौतहट प्रहरी सक्रिय रुपमा लागि रहेको बताउनुभयो। 

images
images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०९:३१:५९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology