Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पवनको 'माया बस्यो है...'मा बिष्णु र शाक्षीको रोमान्स ( भिडियो )

पवनको 'माया बस्यो है...'मा बिष्णु र शाक्षीको रोमान्स ( भिडियो )

इच्छाकामना न्युज

५, आषाढ २०७९
पवनको 'माया बस्यो है...'मा बिष्णु र शाक्षीको रोमान्स ( भिडियो )
images
गायक पवन गिरीको स्वर, शब्द र संगीतमा रहेको 'माया बस्यो है' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रेमिल शैलीको यस गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा बिष्णु खरेल र शाक्षी लम्साल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल 'पवन गिरी अफिसिएल' मार्फत सार्वजनिक भएको हो।  यसअघि गायक गिरीको स्वरमा रहेको 'बधाई छ', 'मिल्टेरिको जुत्ता', 'म जे छु', 'मलाई एकछिन देउ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

भिडियो लिंक:

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २१:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology