Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुगुमा खडेरीले बाली सुक्यो

मुगुमा खडेरीले बाली सुक्यो

इच्छाकामना न्युज

५, आषाढ २०७९
मुगुमा खडेरीले बाली सुक्यो
images

खड्क सुनार, मुगु, ५ असार । हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।  

images
images

मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन थालेको छ । 

समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइ गर्न सास्ती हुने अवस्था सृजना उत्पन्न भएको छ । 

'आकाशबाट पानी आउँदैन खडेरीले खेतबारीमा बाली सुकिसक्यो,' छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कि हिमाली सुनारले भनिन्, 'असार लागिसक्यो पानी आउँदैन । बाली नाली सुक्न थाल्यो ।'

सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहानसमेत सुक्न थालेको र कर्णाली नदीको बहाव पनि घट्दै गएको स्थानीयले बताए । खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको बताइएको छ ।

 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २१:१२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology