Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित

विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित

images

एजेन्सी

५, आषाढ २०७९
विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित
images

द्वन्द्व, हिंसा र अन्य संकटका कारण  सन् २०२१ को अन्त्यसम्ममा ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो ।

सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका,  रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

ठूलो संख्यामा मानिस विस्थापित हुनुमा अफगानिस्तान जस्तै लामो द्वन्द्वको चपेटामा परेका प्रजातान्त्रिक गणतन्त्र कंगो र यमनजस्ता देशले भोग्नु परेको संकट र जलवायु परिवर्तनको विनाशकारी परिणाम भएको सो निकायले जनाएको छ ।

रिपोर्टअनुसार शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना भएका छन् । त्यस्तै, शरणार्थी किशोर÷किशोरीमध्ये एक चौथाइभन्दा कम माध्यमिक विद्यालयमा अध्ययनरत छन् । 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:४६:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology