पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज भारतले दक्षिण अफ्रीकाविरुद्धको अन्तिम खेल खेल्दैछ । बैङ्गलुरुमा हुने यी दुई टोलीबीचको खेल साँझ ७:१५ मा सुरु हुनेछ ।
यसअघिको चार खेलमध्ये दुबै टोलीले समान २/२ खेलमा जित हात पार्दै अङ्क बराबरी गरेका छन् । आजको खेलमा जित निकाल्दै दुबै टोली सिरिज जित्न चाहन्छ ।